आज आइतबार सर्वाधिक कारोबार भएका यी हुन् १० कम्पनीहरु

काठमाडौं – कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) सेयर बजारमा भारी अंकले घटेको छ । आज नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमामा पुगेको छ । आइतबार नेप्से परिसूचक ३.७० प्रतिशतले घटेको हो । गिरावट आएको बजारमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गरेको छ । आज हाइड्रोपावरले ७० करोड ३३ लाख ३० हजार २०८ रुपैयाँको कारोबार गरेको छ । त्यसैगरी, सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा क्रमश : हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल बैंक, नबिल बैंक, रिडी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेशनल हाइड्रोपावर, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र महाल्क्ष्मी विकास बैंक रहेका छन् ।

यो पनि पढ्नुहोस्
राष्ट बैंककाे १२ कराेडकाे सीमा प्रकरण : सेयर बजारमा पहिराे
काठमाडाैँ – आज (आइतबार) सेयर बजारमा पहिराे गएकाे छ । नेपाल राष्ट्र बैंककाे १२ कराेडकाे सीमा प्रकरणपछि लगातार जसाे घटिरहेकाे बजारमा आज झनै ठूलाे गिरावट देखिएकाे हाे । आइतबार १२ बजेर ५९ मिनेट जाँदा सेयर बजार ५.०३ प्रतिशतले घटेपछि ४० मिनेटका लागि नकारात्मक सर्किट ब्रेक पनि लागेकाे थियाे । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२६ अंकले घटेर २८१८.७२ विन्दुमा पुगेकाे छ । नेप्से ३.७० प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १९.७६ अंकले घटेर ५२२.०१ विन्दुमा झरेकाे छ ।

कूल २२३ वटा कम्पनीकाे २ कराेड ३० लाख ७९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर घटेकाे छ । नाफा कमाउनेमा म्युचुअल फण्ड र डिबेञ्चरसहित जम्मा १४ वटा कम्पनीहरू छन् । जसमध्ये, सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।आइतबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । यता जानकी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

source:laganikhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x