लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कतै छुट्नु त भएन

काठमाडाैँ – सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ काे लाभांश सुरक्षित गर्ने आज (भदाै २३ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । दुवै फण्डले लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि भदाै २४ गते, बिहीबार एक दिनका लागि बुकक्लाेज गर्ने घाेषणा गरेका छन् । त्यसैले, आज (भदाै २३ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंकद्वारा प्रवर्द्धन गरिएकाे तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन भई सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् । source:LaganiKhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x