तेह्रथुम पावरको आइपीओ नतिजा निष्काशन (यसरी सजिलै हेर्नुहोस्)

काठमाडौं । तेह्रथुम पावरले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ ।  बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार याे आईपीओकाे बाँडफाँड भदाै २५ गते, शुक्रबार अर्थात आज हुँदै, कम्पनीको आईपिओमा ४१ गुणा बढीको आवेदन परेको छ  । आईपिओमा २३ लाख ८८ हजार ३ सय ३२ जना आवेदकबाट ३ करोड १० लाख ९२ हजार ३० कित्ताको लागि आवेदन परेको छ  । यो माग भन्दा ४१.७९ गुणा बढी हो  ।

कम्पनीले भदौ ९ गतेदेखि  सर्वसाधारणलाई शेयर खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको हो। जस मध्ये ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता शेयर सामुहिक म्युचुअल फण्डको लागि बाँडफांड गरिएको थियो भने २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर १६ हजार कित्ता कर्मचारीको लागि छुट्याईएको थियो। बाँकि रहेको ७ लाख ४४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएक हुन्। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । कम्पनीको आईपिओ ७४ हजार ४ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २३ लाख भन्दा बढी आवेदक हात खाली हुने देखिन्छ । यद्यपि यो आवेदन भेरिफाई हुनु अगाडीको तथ्यांक रहेकोले अन्तिम डाटा केहि तलमाथि हुन सक्ने छ

कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न २ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ ।  जस अनुसार एनआईबिएल एस क्यापिटल लिमिटेडको वेबसाइट https://niblcapital.com/ सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/ login  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

अन्तिम दिनसम्म २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ कराेड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x