असोज १८ गते नेपाल ल्युब आयलको साधारसभा, ३५ प्रतिशत लाभाश प्रस्ताव

काठमांडौ- नेपाल ल्युब आयल निगमको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३० औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभौश प्रस्ताव गरेको छ । संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भर्च्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज हुने भएको छ । यो पनि पढ्नुहोस्

नेप्सेमा एनआईसी एशियाका २ म्युचुअल फण्डहरुकोको इकाई मूल्य समायोजन
नेप्सेमा आज एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इर्का मूल्य समायोजन भएको छ । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो । अब समायोजन पछि एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइर्का मूल्य १२.२२ रुपैयाँ कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्सड् फण्डको ईकाई मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ । लाभांश बितरणको लागि क्यापिटलले आज भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउने छन्।

source:laganikhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x