एमालेका अध्यक्ष ओलीको रिट सर्वोच्चको हेर्न नभ्याइने सूचीमा

काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सभामुख र निर्वाचन आयोगविरुद्ध दायर रिट हेर्न नभ्याइने सूचीमा परेको छ । सोमबार सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो । माधव नेपालसहित पार्टीले कारबाही गरेका १४  सांसदको कारबाहीको सूचना नदिएको भन्दै सभामुखविरुद्ध र कारबाहीमा परेका केन्द्रीय सदस्यलाई सनाखत गराएर दलको मान्यता दिएको भन्दै निर्वाचन आयोगविरुद्ध रिट दायर गरी अन्तरिम आदेश माग गरेको भएपनि प्रधानन्यायाधीशको इजलासबाट अन्तरिम आदेश दिनुनपर्ने आदेश भएको थियो । निर्वाचन आयोगसँग लिखित जवाफ मागेको आदेशमा सभामुखका तर्फबाट पनि उपस्थित गराउने आदेश भएको थियो ।

यो पनि पढ्नुहोस्: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशील सदस्यता वितरणदेखि वडा अधिवेशनसम्म धाँधली र षडयन्त्र भइरहेको आरोप लगाएका छन् । कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीको विधान विधि र पद्धतीलाई मिल्काएर पाँच वर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाएका हुन् । उनले नेताको सत्ता-लिप्साका कारण कांग्रेस कमजोर भएको पनि बताए । सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरालगायत कतिपय जिल्लामा वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने पौडेलको भनाइ छ ।सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कव्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने उनको तर्क छ । पार्टीलाई लोकतन्त्रको बाटोबाट विचलित हुन नदिने प्रतिबद्धता जनाए । १४ औं महाधिवेशनले पार्टीलाई लोकतान्त्रिकरण गर्ने उनको दाबी छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x