साताको अन्तिम दिन शेयर बजारमा पहिरो, सबै सूचांक राताम्मे

काठमाडौँ– शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार खुलेदेखि बजार लगातार घटिरहेको छ । बजार मापक परिसूचक नेप्से दिउँसो साढे एक बजेसम्म ८८ अंकले घटिसकेको छ । यो समाचार तया पार्दा १ बजेर ३० मिनेटमा नेप्से ८८.१४ ले घटेर बजार २८००.९० को बिन्दुमा झरेको छ । बजार अझै घटिरहेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म १३ वटै उपसमूहका परिसूचक घटेका छन् । बजार राताम्मे भएको छ । अघिल्लो साता नेप्सेमा ५ प्रतिशतको गिरावट आएपछि सर्किट ब्रेकर लागेको थियो । त्यसपछि सम्हालिएको शेयर बजार गत मंगलबारदेखि घटिरहेको छ ।

यो पनि पढ्नुहोस्:  सुजुकीले भारतीय बजारमा आफ्नो चार पाङ्ग्रे सवारीको मूल्य बढाएको छ। कम्पनीले करिब दुईसाता अघि मूल्य बढाएको हो। गाडीको विभिन्न मोडलमा १.९ प्रतिशतले मूल्य बढेको छ। कम्पनीले गत अगस्टमै चार पाङ्ग्रेमा मूल्य बढ्ने सम्भावना घोषणा गरेको थियो। उत्पादन लागत बढेसँगै गाडीको बिक्री मूल्य बढेको हो। नयाँ मूल्य सूची सार्वजनिक भएसँगै कम्पनीले सन् २०२१ मा गाडीको मूल्य तेस्रो पटक बढाएको हो। मारुती सुजुकीले यसभन्दा अघि जनवरी र अप्रिलमा गाडीको मूल्य बढाएको थियो। भारतको सबैभन्दा ठूलो कार निर्माण ब्रान्डका अनुसार गाडी निर्माणमा आवश्यक कच्चा सामग्रीको मूल्य बढेसँगै समग्र उत्पादन खर्च बढेको हो। जनवरीमा सुजुकीले कारको केही मोडलमा भारु ३४ हजारसम्मले मूल्य बढाएको थियो। पछि अप्रिलमा भने १.६ प्रतिशतले गाडीको मूल्य वृद्धि भयो। चाडपर्व नजिकिँदै गर्दा इन्धन र गाडीको मूल्य बढेको बढ्यै छ।

यसले गाडीको बिक्री गिरावटसँगै ठूलो असर देखिने कम्पनीले अनुमान लगाएको छ। मारुती सुजुकी बाहेक टाटा मोटर्स, होन्डा कार, टोयोटा मोटर्स, भोल्सवागनले पनि आफ्नो चार पाङ्ग्रेको मूल्य बढाएको छ। चार पाङ्ग्रे सवारीसँगै विभिन्न कम्पनीले दुई पाङ्ग्रेको पनि मूल्य बढाउने क्रम जारी छ। भारतमा सवारीको मूल्य वृद्धिसँगै यसले नेपालमा पनि असर देख्ने पक्का छ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x