विकास हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, (विक्री प्रबन्धक प्रभु क्यापिटल)

काठमाडाैँ – विकास हाइड्रोपावरले १३ लाख ८८ हजार ५०० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशनका लागि विक्री प्रबन्धकमा लागि प्रभु क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ । बिहीबार आयोजित एक कार्यक्रममा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले सम्झौतामा हस्ताक्षर गरेका छन् । कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछाखोलामा अपर माछाखोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

यो पनि पढ्नुहोस्: प्याजको भाउले फेरि एकपटक उपभोक्तालाई रुवाउने जोखिम बढेको छ । नेपाली तरकारी बजारमा पाइने सुकेको प्याज ठूलो संख्यामा भारतबाट आयात हुने गरेको छ । भारतमा प्याज महँगो हुने अनुमान गरिएको छ । प्याजको भाउ बढ्ने प्रमुख कारण हुनसक्छ, मानसुन । मनसुनका कारण प्याजको बाली तयार हुन समय लागिरहेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । भारत प्याजमा संसारकै ठूला निर्यातकर्तामध्ये एक हो । चक्रवातका कारण प्याजको बफर स्टकको अवधि पनि कमी भइरहेको छ । जसले प्याजको मूल्यमा असर पार्ने आकलन गरिएको छ । क्रिसिल रिसर्चको एक रिपोर्टअनुसार अक्टोबर-नोभेम्बरमा प्याजको मूल्य उच्चस्तरमा पुग्ने देखिएको छ । विगतमा भारतले आफ्नो मुलुकमा प्याजको आपूर्ति कम भएपछि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार प्याजको मूल्य प्रति किलो औषतमा ४३ रुपैयाँ छ । क्रिसिल रिसर्चको रिपोर्टअनुसार २०१८ को तुलनामा प्याजको मूल्यमा करीब १०० प्रतिशतसम्म वृद्धि हुनसक्छ । मानसुनका कारण महाराष्ट्रमा प्याजको बालीको रोपाईमा समस्या आइपुगेको थियो । सन् २०२० को तुलनामा यसपाली एक-पाँच प्रतिशतसम्म प्याजको उत्पादन घट्ने अनुमान गरेको छ ।

भारतमा प्याजको मूल्यमा मनसुनको सीधा असर देखिएको छ । भारतमा अगस्टमा मानसुनमा पानी कम परेको थियो । अब सेप्टेम्बरमा पानी अधिक भएकाले किसानले समस्या झेलिरहेको छ । जति प्याजको रोपाइमा ढिलाइ हुन्छ, त्यति प्याजको भाउ बढ्नेछ । गत वर्ष प्याज महँगिएर नेपाली बजारमा प्रति किलो एक सय २० रुपैयाँसम्म पुगेको थियो । उत्पादन घटेर बजारमा भाउ आकासिन थालेपछि आन्तरिक माग धान्न गाह्रो पर्ने भन्दै भारतले प्याज निर्यातमा रोक लगाएको छ। भारतबाट हुँदै आएको आयात अवरुद्ध भएपछि नेपाली बजारमा प्याजको भाउ आकासिने आकलन गर्दै व्यापारीले लुकाउन थाल्दा भाउमा मनपरी सुरू भएको थियो । नेपालमा पनि प्याजको उत्पादन हुन्छ । तर यसका लागि पर्याप्त सिँचाइ चाहिन्छ । प्याज कात्तिक/मंसिरमा लगाएर चैत/वैशाखमा भित्र्याउने गरिन्छ । यो मौसम सुक्खा हुन्छ। पर्याप्त सिँचाइ अभावले पनि उत्पादनमा कमी हुने गरेको छ। स्वदेशी उत्पादन भण्डारण गरेर राख्ने सुविधा पनि छैन।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x