बुद्धभुमि नेपाल हाइड्रोकाे आईपीओ बजारमा आउँदै (कहिले?) सुचना सहित्

लगानी खबर, काठमाडाैँ – बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।  कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन अनुमति पाएकोमा ४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानियहरुका लागि बिक्री गरिसकेको छ । निष्कासन गरिने कुल ८ लाख कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले असोज ११ गतेदेखि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ । सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । त्यसैगरी, कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x