दोस्रो बजारमा लगानी गर्नेहरुको संख्यामा वृद्धि, दैनिक कारोबारमा सहभागी हुने लगानीकर्ता कती ?

दोस्रो बजारमा कारोबार गर्न टिएमएस लिने लगानीकर्ताहरुको संख्या बढेको छ। ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) आईडि लिने लगानीकर्ताको संख्या ९ लाख २३ हजार जना पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बताएको छ। हाल बजार करेक्सन भइरहेको अवस्था छ। बजार बढ्दा दैनिक शेयर खरिद बिक्री गर्ने लगानीकर्ताको संख्या बढ्ने नेप्सेको भनाई छ। बजारको अवस्था अनुसार कारोबार दैनिक कारोबार गर्ने लगानीकर्ताको संख्यामा घटबढ हुने नेप्सेले बताएको छ। नेप्सेका अनुसार, बढ्दो बजारमा औषत दुई लाख जान लगानीकर्ताले शेयर कारोबारमा आबद्ध हुने गरेका छन् भने घट्दो बजारमा ६० देखि ७० हजार जाना लगानीकर्ताले मात्र शेयर खरिद बिक्री गर्ने गरेको छ। बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या दिन प्रतिदिन बढेको छ। दोस्रो बजारमा अनलाईन कारोबार गर्न सकिने व्यवस्था भएपछि लगानीकर्ताकताहरुको संख्यामा वृद्धि भएको जानकारहरुको बुझाई छ। पहिल्लो समय शेयर बजार बढेर राम्रो आम्दानी हुन थालेपछि बजार प्रति आकर्षित छन्। बजारमा नयाँ नयाँ लगानीकर्ताको बढेसँगै दायरा फराकिलो भएको छ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x