साताको चौथो दिन सेयर बजारमा हरियाली, नेप्से १०५ अंकले बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार (आज)  सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो एक महिना यता लगातार गिरावट हुँदा उच्च विन्दुबाट ५०० अंक भन्दा माथिको करेक्सन भएको सेयर बजार परिसूचक नेप्सेमा आज भने ‘बाउन्स ब्याक’ भएको छ । कारोबार सुरु भएको २ घण्टा १५ मिनेट भन्दा माथि जाँदा नेप्सेमा १०० अंक भन्दा माथिको वृद्धि भएको छ । १ बजेर १८ मिनेटसम्म  नेप्से परिसूचक १०५.२८ अंकले वृद्धि हुाँद २८१७.३५ अंकको बिन्दुमा पुगेको छ ।सुरुवाति समयमा केही मिनेट उताचढाव देखिएर लगातार बढेको नेप्से  पुनः लयमा गएको देखिन्छ । नेप्सेसँगै सबै उपसूचकमा हरीयाली छाएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ३.१४ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक ८.१ प्रतिशत, विकास बैंक उपसूचक ७.७१ प्रतिशत र हाइड्रोपावर उपसूचक पनि करिब ६ प्रतिशतले बढेको छ ।यो समाचार तयार गर्दै गर्दा नेप्सेमा करिब ६४ लाख ८८ हजार कित्ता सेयर कारोबार हुँदा साढे ३ अर्ब भन्दा माथिको कारोबार भएको छ । नेप्सेमा १८५ कम्पनीको सेयर कारोबार हुँदा सबै कम्पनीको सेयरमूल्य बढेको छ । Source: baahrakhari

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x