ठूला लगानीकर्तालाई कस्दा साना तर्सिए, बजार घट्नुपर्ने अवस्थामा भने छैन

अहिले बजारमा दुई चार वटा कुरा देखिएका छन्। नेपाल राष्ट्र बैंकले ठूला ऋणीहरुको लागि लगाएको क्यापले बजारलाई प्रभाव पार्यो। बजार बढेर एउटा उचाईमा पुगेको बेलामा लगानीकर्ताको मनोविज्ञानले काम गर्नेछ। बजारमा लगानीकर्ताहरुको मनोविज्ञान कस्तो छ भने ठूला लगानीकर्ताहरुलाई ऋणमा कडाई गरेपछि उनीहरुले शेयर बिक्री गरे बजार घट्छ भन्ने मानसिकताबाट निर्देशित भयो। तीनै कुराबाट ठेल्दै ठेल्दै आएर निष्कर्ष परिवर्तन भयो। केही लगानीकर्ता आन्दोलनमै उत्रिनुपर्ने अवस्था आयो। केहीले शेयर बिक्री गरे कोही होल्ड गरेर बसे। अहिले लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा बसे। त्यसले गर्दा कारोबार रकम पनि घटेको हो। तथापी अहिले बजार बढ्न कोशिस गरिरहेको तर बढ्न सकिरहेको अवस्था छैन्। यहाँ साना लगानीकर्ता र ठूला लगानीकर्ताको लगानी गर्ने तरिका फरक फरक हुन्छ। ठूला लगानीकर्ताले आफूसँग पैसा छैन भनेपनि झ्याप्प किन्छन्। बजार घट्यो भने ट्रेडिङ पनि गर्न सक्छन्। कहिंबाट ऋण गरेर तिर्न पनि सकिन्छ भन्ने मानसिकताबाट पनि शेयर खरिद गरेको देखिन्छ तर सानो लगानीकर्ताहरुले आफूसँग भएको पैसाको मात्र शेयर खरिद गर्ने हुँदा थोरै शेयर डिमाण्ड हुन्छ। शेयरकाे डिमान्ड ठूला लगानीकर्ताहरुसँग नै हुन्छ।

एकै व्यक्तिसँग एक अर्बको शेयर होला उसले भएको सम्पति धितो राखेर ऋण लिन नपाउने भन्ने कुराहरु उठेका थिए। त्यसमा राष्ट्र बैंकले अन्य क्षेत्रमा लगानी गरेको लगानीलाई होईन बजारमा लगानी गरेको लगानीलाई मात्र सीमा लगाएको स्पष्टिकरण दिने प्रयास पनि गर्याे। यी सबै कुरा हुँदा पनि बजार बढेको थियो। त्यहाँबाट करेक्सनको अवश्यकता पनि थियो। त्यो हुँदाहुदै बजार घट्न थाल्यो। अहिले राष्ट्र बैंक पनि नीति परिमार्जन गरिहाल्नुपर्ने अवस्थामा देखिदैन। अर्थ मन्त्रालयलाई पनि त्यहि हिसाबले मनाउन खोजेको  देखिन्छ ।अहिले हुँदै आएको के हाे भने ठूला लगानीकर्ता भनेको मौरीको घारमा भएका रानो मौरीले मह धेरै खाए र खटिने खाना खोजेर ल्याउने साना मौरी, बसेर खाने रानोलाई घारबाट हटाईयो भने सबै साना मौरीको हालत के हुन्छ ? रानो मौरी हिंडेपछि सबै मौरी घार रित्तो बनाएर हिंड्छन्  ठ्याक्कै अहिले शेयर बजारमा त्यस्तै भएको छ। ठूला लगानीकर्ता भने राष्ट्र बैंकले पेल्ने र अर्थमन्त्रालय त्यसमा सहमति जनाउने। बजारबाट ठूला लगानीकर्ता हिंडेपछि साना लगानीकर्ता त्यसै हिंड्ने। आखिर घुमाई फिराई नाम ठूलाको गरेको भएतापनि जोखिममा परेका, डुबेका बिचल्लित भएर अब बजारमा के गर्ने ? बजारबाट निस्किने कि पर्खिराखे कमाइन्छ कि ? डुविन्छ भन्ने अन्योलमा परेर डुबका भनेका आखिरमा साना लगानीकर्ता नै हुन्। ठूला लगानीकर्ताले पहिले नै यस्तो कुरा बुझेर बिक्री गरिसके। आफ्नो ऋण तिरे बसे । साना लगानीकर्ता अब बढ्छ होला बढ्छ होला बैंकले फिर्ता लिन्छ होला अपेक्षामा साना मरिरहेका छन्। ठूला   लगानीकर्ताहरु अब क्याप बढाउँदा पनि केहि नहुने अवस्थामा पुगिसके। अहिले यसको असर साना लगानीकर्तालाई परेको देखिन्छ। नियामक निकायले मन्त्रीले बोल्दा नै बजार घट्बढ भन्ने हुन्छ र भन्दै हुनुहुन्थ्यो। त्यो घर परिवार सदस्यहरुमा घरमुलीले तिमीहरुलाई यसपालिको दशैंमा नयाँ लुगा किनिदिन्छु भन्यो भने परिवारका सबै जनाले खुसि भएर कामको प्रतिफल नै राम्रो आउने गरी काम हुन सक्छ। त्यस्तै सम्बन्धित नियामक निकायका जिम्मेवार ब्यक्तिहरुले बोल्दा सधै लगानीकर्ताहरुको पक्षमा बोल्नुपर्ने हुन्छ। उनीहरुकाे बाेलीले पनि लगानीकर्तालाई प्रभाव पारेको हुन्छ। उनीहरुले सकारात्मक रुपमा बोलेका छन् भने सकारात्मक प्रतिफल आउँछ। आधारभुत तथा प्रविधिक भन्दा पनि बजार मनोविज्ञानमा चलेको हुन्छ। बैंक ब्याजदर बढाउने सूचना सार्वजनिक गर्दा र बैकिङ प्रणालीमा तरलता घट्न थालेको समाचार आएपछि बजारमा त्यसको प्रभाव परेको देखिन्छ। तत्कालको लागि केही वित्तीय संस्थाले बढाएको ब्याजदर संसोधन गरेर पुरानो अवस्थामा ल्याएका छन्।

जिम्मेवार पदमा आसिन व्यक्तिहरु गैरजिम्मेवार रुपमा बोलिदिंदा, अध्ययन अनुसन्धान बिना नीति परिमार्जन गर्दा लगानीकर्ताहरुले ठूलो क्षती व्यर्होनु परेको छ। बजारको विषयमा अर्थमन्त्रालयले के बोल्छ? भन्ने कुरा आम लगानीकर्ताले बजारमा कस्तो रुपमा लिएको छ भने हुन्छ । पूँजी बजारबाट गत आर्थिक वर्षमा १५ अर्ब पूँजिगत लाभ कर मात्रै सरकारलाई बुझेको छ। अबको वर्षमा पनि त्यो भन्दा बढी तिर्न सक्ने अवस्थामा पूँजी बजार पुगेको छ। कोभिडको कारण समग्र अर्थतन्त्र नै थलिएको अवस्थामा बजारबाट यति ठूलो मात्रामा राजश्व उठाउन सरकार सफल भएको छ। यो क्षेत्रलाई सरकारले प्रथामिकतामा राखेर केही सम्बोधन गराेस् । बजारमा भएका कमि कमजोरीलाई सुधाराेस् । नियामक निकायले गर्नुपर्ने काम गर्न छाडे । त्यसमा पनि नियमन हाेस्। ब्याज दर र तरलता सहज हुँदै गएपछि सन्तुलनमा आउने छ। तत्कालै ब्याजदर बढेर माथि जाने अवस्था छैन्। समग्र बजार घट्नुपर्ने अवस्था छैन्। अर्थ मन्त्रालयले सम्पूर्ण लगानीकर्ताको पक्षमा छौं भन्नुपर्छ । बजारको हितमा छौं। लगानीकर्ताहरुको सम्पतिको रक्षा गर्छौ भन्नुपर्छ । सामान्य रुपमा यसलाई हेर्ने हो भने आज भन्दा १० वर्ष पहिले १०० रुपैयाँ भएको जुता चप्पलको मूल्य बढेर न्यूनतम हजार रुपैयाँ गरिब जनताले तिरेर किन्न बाध्य छौं। कोहि बोल्दैनन्। यहाँ १० वर्ष पहिले प्रतिकित्ता १०० रुपैयाँमा जारी गरेको शेयर एक हजार रुपैयाँ पुगेको छैन्। बजारलाई आक्रमण गरिहाल्नु पर्ने, शेयर बजारको मुल्य बेलुन हो कतिबेला फुट्छ भन्दै हिड्न मिल्दैन।

यो त ४३ लाख लगानीकर्ताको मनोबल, लगानी जोडिएको क्षेत्र हो। यस्तो कुरालाई नियामक निकायले ध्यान दिन जरुरी छ। २० वर्ष पहिले सार्वसाधारणलाई एक सय रुपैयाँमा शेयर बिक्रि गरेका बैकहरुको शेयर मूल्य आज ४०० रुपैयाँमा सिमित छ। त्यसलाई हेर्दा पनि यो कति न्यायोचित छ ? भन्ने कुरा प्रष्ट देख्न सकिन्छ। धितोपत्र बजारमा सूचिकृत भएका सम्पूर्ण कम्पनीको मूल्य न्यूनतम एक हजार माथि हुनुपर्छ। अनि मात्र न्यायिक हुन्छ। मुल्य वृद्धि अनुसार बजार चलेको प्रतिस्पर्धा अनुसार चलेको देखिन्छ। सबै कम्पनीको मूल्य १००० रुपैयाँ माथि पुग्यो भने बजारको वास्तबिक अवस्था त्यही हो । बजार बढ्ने ठाउँ छ। बुलिस ट्रेन्ड सकिएको छैन्। तर अझै पनि नियामक निकायले बजारको संवेदनशिलतालाई ध्यान नदिएर मनोबललाई ठेस पुग्ने खालको गतिबिधी गर्ने हो भने बजार के होला भन्ने अवस्था रहँदैन। बजारमा २० लाख रुपैयाँ लगानी गर्ने लगानीकर्ताले दैनिक दुई लाख रुपैयाँ गुमाउनु पर्ने अवस्था छ। उनीहरुको चिल्लि र बिल्लि भएको छ । बजारमा फस्ने भनेको साना लगानीकर्ताहरु नै हुन। भोलि अर्थमन्त्री गभर्नर तथा नियामक निकायका प्रमुखहरुको नाममा लगानीकर्ताले सुसाईड नोट लेखेर मर्न थाले भने स्थिति के हुन्छ? त्यसैले जिम्मेवार निकायका व्यक्तिहरु उचित समयमा उचित निर्णय गर्नुपर्छ। नियामक निकायको लापरवाहीले गर्दा साना लगानीकर्ताहरु शेयर बजारको मारमा परेर आत्महत्या गर्नपर्ने अवस्था नआउला भन्न सकिदैंन्। सुधा देवकोटासँग गरेको कुराकानीमा आधारित  Source: merolagani

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x