पाथिभरा माताले हामीसबैको रक्षा गरुन, १३ आश्विन २०७८ बुधवारको राशिफल पढौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ, तर पुँजी बजारमा लगानी नगर्दा बेस हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पुनर्मिलनको योग रहेको छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग छ, तर दिनको उत्तरार्धमा धन खर्च हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । बोलीको भरमा सङ्कल्प सिद्ध हुनसक्छ । शुभ समाचार सुन्नमा आउला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजगता अपनाउन जरूरी देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको धन हात पर्ला । स्थान परिवर्तनका विशेष योग देखिन्छन् । पितृ कार्यमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग देखिन्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्मकर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । अधुरो काम पूरा हुन पनि सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । चिताएको कामले तीव्रता पनि लिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x