कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने नेपाली दम्पती पक्राउ

दोहा- कुवेतमा नवजात शिशुलाई जन्माएर फोहोर भाँडोमा फाल्ने एक नेपाली दम्पतीलाई पक्राउ गरिएको छ । एक नेपाली महिलाले आफ्नो प्रेमीसँगै आफूले जन्माएको नवजात शिशुलाई फोहोर भाँडोमा फालेको आरोपमा पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ । त्यहाँको फरवानीया क्षेत्रमा हिडिरहेका एक फिलिपिनो नागरिकले ती नेपाली दाम्पतीलाई धेरै शंकास्पद ढंगले एउटा फोहोरको भाँडोमा एक नवजात शिशुको साथमा फ्याँक्न कोसिस गरीरहेको देखेपछि त्यहाँको आन्तरिक मन्त्रालयलाई खबर गरेका थिए । खबर पाए लगत्यै मन्त्रालयले प्रहरी टोली घटनास्थलमा पुगी ती नेपाली दाम्पती नजिकै फोहोर फाल्ने कन्टेनरभित्र एउटा बच्चा भेट्टाएको थियो । प्रहरीले दुबैलाई गिरफ्तार गरी उनीहरुलाई थप अनुसन्धानको लागि पठाइएको थियो । अनुसन्धानको क्रममा उनीहरु दुबै शिशुका आमा बुबा थिए, अवैध सम्बन्धका कारण शिशुलाई जन्म दिएको र फोहोर फाल्ने कन्टेनरमा फालेको खुलेको मन्त्रालयले जनाएको छ । अहिले दुवै अभियुक्त प्रहरी हिरासतमा रहेको र उनीहरुविरुद्ध कानूनी कारबाही भईरहेको अरब टाइम्सले उल्लेख गरेको छ । ती नेपाली दम्पतीको परिचय भने खुलाईएको छैन ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x