यो साता नेप्सेमा पाँच कम्पनीको शेयर सूचिकृत, कुनको कति कित्ता ?

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पाँच कम्पनीको शेयर सूचिकृत भएको छ ।  मानुषी लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, नबिल इक्विटी फण्ड, नबिल ब्यालेन्सड फण्ड-२ र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत भएको हो ।

१. मानुषी लघुवित्त वित्तीय संस्था
मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण हुने भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको एक महिना पछि बल्ल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत हुने भएको हो । लघुवित्तले साउन २७ गते देखि ३१ गतेसम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर भदौ ७ गते बाँडफाँट भएको थियो । आईपीओ बाँडफाँट भएको एक महिना पछि बल्ल शेयर सूचीकरणको अन्तिम चरणमा रहेको बिक्री प्रबन्धक एसविआई मर्चेन्ट क्यापिटलले जनाएको छ ।एसविआई मर्चेन्ट क्यापिटका अनुसार आज या भोली नै कम्पनीको शेयर सूचीकरण हुनेछ । नेप्सेमा सूचीकृत भएपछि लघुवित्तको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ । आर्थिक वर्ष २०७६/७७ मा लघुवित्तको नेटवर्थ १३२ रुपैयाँ ६९ पैसाँ रहेको थियो । त्यस अनुसार लघुवित्तको ओपनिङ्ग रेन्ज न्युनतम १३२ रुपैयाँ देखि ३९६ रुपैयाँसम्म प्रदान गर्न सक्ने देखिन्छ ।

२. अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
नेप्सेमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले घोषणा गरेको १०.५२ प्रतिशत लाभांशका लागि सेयर मूल्य समायोजन भएको छ ।  कम्पनीको अन्तिम कारोबार मूल्य ५७५ रुपैयाँमा बोनसको लागि मूल्य समायोज गरिएको नेप्सेले जनाएको छ । अव समायोजपछि आज कम्पनीको सेयर कारोबार ५२३ रुपैयाँमा सुरु हुनेछ ।

३. नबिल इक्विटी फण्ड 
नबिल इक्विटी फण्डको इकाई मूल्य  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल इक्विटी फण्डको ईकाई मूल्य ११.५४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १५.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

४. नबिल ब्यालेन्सड फण्ड-२ 
नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल ब्यालेन्सड फण्ड २ को ईकाई मूल्य ११.०४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १४.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

५. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । डिप्रोक्सको २० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ३८८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । So

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x