साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली

साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो ।आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो । जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो ।

यो पनि पढ्नुहोस्:  जाजरकोट- उद्योग वाणिज्य संघले व्यापारीको संरक्षण मात्र होइन, म्याद नसकिएका अखाद्यवस्तु मात्र बजारमा बिक्री गर्नका उर्दि पनि जारी गरिहेको हुन्छ । तर जाजरकोटमा भने उनै अधिकारका कुरा गरी कहिले नथाक्नेकै पसलमा म्याद गुर्जेका वस्तुहरू बरामत हुन थालेका छन् । जिल्ला प्रशासन कार्यालयको संयोजनमा बिहीबार, शुक्रबार र शनिबार भएको अनुगमनमा अधिकारका कुरा गर्नेहरूकै पसलबाट भारी मात्रामा अखाद्य वस्तुहरू बरामत गरिएको छ । उद्योग वाणिज्य संघ नलगाड नगरपालिका पूर्वध्यक्ष धनबहादुर रावल, सदरमुकाममा रहेका उद्योग वाणिज्य संघकै पदाधिकारीको पसलबाट म्याद गुर्जेका वस्तुहरू अनुगमन टोलीले बरामद गरेको छ । उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीका अनुसार बाहिर ठूला कुरा गर्ने तर भित्रभित्र म्याद नाघेका अखाद्य बस्तुहरू बिक्री गर्नेमा उद्योग वाणिज्य संघका नेताहरू नै धेरै रहेका छन् । अनुगमनका क्रममा दर्ता नै नगरी व्यावसाय सञ्चालन गरेको, स्थानीय तहले समेत व्यापारीलाई कुनै पनि ताकेता नगरेको, एकै पसलमा धेरैथरी सामग्री राखेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । राजनीतिक रुपमा आफू जोगिनका लागि स्थानीय तहले अनुगमन, नियमन तथा छलफल समेत नगरेको पाइएको छ । मुल्यसूची समेत नराखेको, पसलैपिच्छे एउटै सामानकाे फरक दररेट रहेकाे, पाइएको केसीले बताए । दशैँ र तिहारको मुखमै जाजरकोट भएर छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमलगाएतका जिल्लामा समेत दैनिक उपभोग्य वस्तुहरू निर्यात गरिन्छ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x