बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार (असोज २२ गते) बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो । कम्पनीले कुल ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । आइपीओको नतिजा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको वेबसाइट र निष्कासनकर्ता कम्पनी बुद्धभूमि नेपालको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । आइपीओ नतिजाका लागि भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x