आज पनि २३.१९ अंकले घट्याे सेयर बजार, २ वटा उपसमूह हरियाे

आज (साेमबार) पनि सेयर बजार घटेकाे छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा पुगेकाे छ । नेप्से ०.८७ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.५६ अंकले घटेर ४९४.२२ विन्दुमा झरेकाे छ । कूल २१९ वटा कम्पनीकाे ९३ लाख १४ हजार ७ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर अर्थात् म्युचुअल फण्ड र लगानी समूह बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ । साेमबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १७ कराेड १३ लाख ८५ हजार ३ सय १८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।त्यसैगरी, यस दिन ग्लोबल आइएमई समुन्नत योजनाका इकाइधनीहरूले सर्वाधिक नाफा कमाउँदा महालक्ष्मी विकास बैंक लिमिटेडका शेयरधनीहरूले सर्वाधिक गुमाएका छन् । source:laganikhabar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x