निफ्राले घोषणा गरेको लाभांश संशोधन, नगद होइन बोनस शेयर दिने

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले घोषणा गरेको लाभांश संशोधन हुने भएको छ । यस अघि बैंकले ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । बैंकले नगद लाभांश दिने निर्णय गरेपनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले अब लाभांश ८ प्रतिशत नै दिनेछ छ, तर नगद होइन बोनस । बोनस शेयर दिदा बैंकको पुँजी समेत बढ्छ । यसका लागि पनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको हो । हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । एक अर्ब ६० करोड बोनस वितरणपछिबैंकको चुक्ता पूँजी २१ ऋर्ब ६० करोड पुग्नेछ ।

यस् अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको थियो बैंक सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वय गरिने बैंकले जनाएको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वय गरिने बैंकले जनाएको थियो । source:onlinekhabar

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x