आजदेखि सामलिङ पावरको आईपीओ बिक्री खुला

सामलिङ्ग पावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० कित्ता सेयर बिक्री खुलाएको हो । कुल आईपीओमध्ये १४ हजार ६०० कित्ता सेयर कर्मचारीलाई र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रबन्धकमा नेपाल एबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

यो पनि पढ्नुहोस् : काठमाडौं । महालक्ष्मी विकास बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले यस अघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गरेकोमा उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर विक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x