१९ दिनपछि छोरालाई भेट्न पुगे शाहरुख, केही बेरसम्म चल्यो रुवाबासी

काठमाडौं – बुधबार पनि जमानत नपाएपछि बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलमै बस्नुपर्यो। उक्त दिन छोरालाई भेट्न खान मुम्बईस्थित आर्थर रोड जेल पुगे। जेलको नियमअनुसार १० मिनेटमात्रै भेट्न पाइने भएपनि बाबुछोराबीच करिब १८ मिनेटजति भेट भयो। भेटको क्रममा शाहरुखलाई देख्ने वित्तिकै आर्यन भावुक भएका थिए । बुबालाई देख्नेवित्तिकै उनी निकै समयसम्म रोए। गत २ अक्टोबरमा पक्राउ परेपछि यो नै आर्यनसँग उनको परिवारको सदस्यको पहिलो भेट थियो। भेटको बीचमा पनि आर्यन कयौं पटक भावुक भइरहेका थिए। शाहरुख पनि बोलिरहेको बेलामा बीचमै अवरुद्ध हुन्थे। छोरालाई रोइरहेको देखेपछि उनले पनि आँशु रोक्न सकेनन्।  तर, उनले आँखाबाट चस्मा भने खोलेनन्। सुरुमा शाहरुखले छोरालाई हालखबर सोध्नेवित्तिकै दुवैजनामा केही बेर मौनता छाएको थियो । कुराकानीकै क्रममा पछि आर्यनले धेरै पटक  शाहरुखसँग ‘आइ एम सरी’ भनिरहेका थिए। यसको जवाफमा शाहरुखले पनि छोेरालाई भने, ‘मलाई तिमीमाथि विश्वास छ ।’ त्यसपछि पनि उनीहरूबीच निकै समय कुराकानी भयो।

बाबुछोराको भेट जेलकै एक क्याबिनमा भएको थियो। त्यहाँ सिसाले घेरेको कोठामा एकतर्फ आर्यन र अर्कोतर्फ शाहरुख थिए। मुम्बई क्रुज ड्रग्स केससमा आरोपी आर्यन खानलाई अहिलेसम्म उच्च अदालतबाट राहत मिलिसकेको छैन । उनको अबको सुनुवाई २६ अक्टोबरलाई तोकिएको छ । त्यतिञ्जेलसम्म आर्यन जेलमै बस्नुपर्ने हुन्छ।  यसपटकको बेल पनि खारेज भएपछि अब आर्यनका वकिलसँग मात्रै एक हप्ताको समय बाँकी छ। किनभने १ नोभेम्बरबाट दिवालीको छुट्टी सुरु हुन्छ। त्यसपछि १४ नोभेम्बरमा मात्रै अदालत खुल्ने हुँदा अब एक हप्तामात्रै समय बाँकी भएको हो।  यो एक हप्तामा वकिलहरूले आर्यनलाई बेल दिलाउनका लागि पूर्ण रुपमा कोसिस गर्ने जनाइएको छ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x