शेयर बजारमा फर्कियो रौनकता , यी हुन् आज १० प्रतिशत मूल्य वृद्धि हुने कम्पनीहरू (सूची)

आज कारोबार रकममा पनि सुधार भएको छ। आज सोमबार भने कारोबार बढेर चार अर्ब तीस करोड पुगेको छ। कारोबार भएका कुल कम्पनीमध्ये १८३ वटाको मूल्य बढेको छ भने ३ वटाको घटेको छ। एउटा कम्पनीको मूल्य भने स्थिर छ। आज १८ वटा कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। यी हुन् दस प्रतिशत मूल्य बढ्ने कम्पनीहरूः गोर्खा फाइनान्स , बेस्ट फाइनान्स , श्री इन्भेस्टमेन्ट फाइनान्स , सेन्ट्रल फाइनान्स , गुहेश्वरी मर्चेन्ट , मल्टिपर्पोज फाइनान्स , सांग्रिला डेभलपमेन्ट बैंक , दिव्यश्वरी हाइड्रो , सिनर्जी पावर , अरुण काबेली , हिमालयन पावर पार्टनर , नेपाल हाइड्रो डेभलपर्स , राधी विद्युत , युनिभर्सल पावर , युनियन हाइड्रोपावर , हिमाल दोलखा हाइड्रोपावर , शिवश्री हाइड्रोपावर , ग्रीनलाइफ हाइड्रोपावर।

कारोबारको दोस्रो दिन सोमाबार नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा पुगेको छ । नेप्से ३.३९ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.६१ अंकले बढेर ५०४.५७ विन्दुमा पुगेको छ ।कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र सिद्धार्थ बैंक परेका छन् । सबै समूहका सूचकमा हरियाली छाएको छ । कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स र हाइड्रोपावर उपसमूह बढेको छ । सबैभन्दा बढी फाइनान्स र हाइड्रोपावर तथा निर्जीवन बिमा समूहहरु सबैभन्दा बढी वृद्धि भएका छन् ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x