ज्योति लाइफले घोषणा गर्‍यो लाभांश घोषणा (कति ?)

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कात्तिक १४ गते बसेको बैंक सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७६/०७७ को  सञ्चित मुनाफाबाट  सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चु्त्ता पुँजी २ अर्ब २० करोडको १०.९३ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर समेत गरि  ५.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने  प्रस्ताव गरेको छ । कम्पनीको  प्रस्तावित  लाभांश बिमा समितिको  स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

*******************************************************************************************************************

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । प्रति ताेलामा १०० रुपैयाँले बढी ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार प्रति तोला ९१ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।  तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । प्रति ताेलामा ५ रुपैयाँले बढी एक हजार २४५ रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार एक हजार २४० रुपैयाँमा काराेबार भएकाे थियाे ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x