नेपाली हलमा हिन्दी ‘सूर्यवंशी’ को बम्पर ओपनिङ, सयवटा हलमा एकसाथ प्रदर्शन

नेपालका दर्शकमाझ समेत प्रतीक्षित रहेको  बलिउड फिल्म ‘सूर्यवंशी’ शुक्रबारबाट रिलिज भएको छ । यो फिल्मले नेपालका देशभर गरेर सयवटा हलमा एकसाथ प्रदर्शनको अवसर पाएको छ । यस अगाडि कुनै पनि विदेशी फिल्मले रिलिजको समयका लागि यतिधेरै अवसर पाएको थिएन । फिल्मले शुक्रबार बिहान राम्रो दर्शक पाउँदै ओपनिङ ब्यवसाय राम्रो गरेको छ  वितरक मनोज राठीले भने  हामीले जस्तो आशा गरेका थियौ । त्योभन्दा बढी दर्शक फिल्ममा छन् । कतिपय स्थानमा टिकट समेत नपाएर दर्शक फर्किएको राठीले सुनाए ।‘सूर्यवंशी’ हामीले रिक्समा ल्याएका हौं । कमाउन भनेर ल्याएको होइन वितरक राठीले थपे फिल्म क्षेत्र चलायमान होस् दर्शक हलमा फर्किऊन् भन्ने हाम्रो उद्देश्य हो । त्यो मामलामा हामी सफल भएका छौ । शुक्रबारभन्दा शनिबार र त्यसपछिका दिन फिल्मले राम्रो व्यवसाय गर्ने राठीको भनाई छ ।

‘फिल्मको रिभ्यु समेत राम्रो आउन थालेको छ । शनिबार आइतबारपछि झन् दर्शक बढ्छ भन्ने हामीलाई विश्वास लागेको छ राठीले थपे । ‘सूर्यवंशी’लाई मल्टिप्लेक्सले उच्च शोज दिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका १० मेजर स्टेशनमा कूल ५८ शोज प्रदान गरेको छ । त्यस्तै सो फिल्मका लागि राजधानीका मल्टिप्लेक्सहरु वान सिनेमाजले ६ शो विग मुभिजले ११ शो कीर्तिपुर सिनेप्लेक्सले ३ शो एफक्युब सिनेमाजले १२ शो क्यूज सिनेमाजले ७ शो आइएनआइ सिनेमाजले ९ शो विएसआर मुभिजले ७ शो र सिडिसी सिनेमाजले ७ शोज बाँडेको छ । रोहित शेट्टीको निर्देशन रहेको ‘सूर्यवंशी’मा अक्षयकुमार र कैटरीना कैफ मुख्य भूमिकामा छन् । फिल्ममा अजय देवगन र रणवीर सिंहको समेत अतिथि भूमिका रहेको छ । कोरोनाका कारण पटक पटक रिलिज मिति सारिएको यो फिल्मले बलिउड फिल्मलाई समेत लयमा फर्काउने विश्वास बलिउडकर्मीमा रहेको छ । source:Ratopati

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x