पाथिभरा माताले हामीसबैको रक्षा गरुन, २२ कार्तिक २०७८ सोमवारको राशिफल पढौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रवल छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सरकारी निकायको भय रहला । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैझमेलाको अवस्था आउला, तर पुँजी बजारले भने साथ दिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा फाइदा हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लाभहानी, सुख,दुख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने वा चोरी हुने भय पनि छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएको धन हात पर्ला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बन्न लागेको काम बिग्रिनसक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x