आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

काठमाडौं । सोमवार गुराँस लाईफ इन्स्योरेन्स र एनआईसी एशिया लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न शेयर कायम गर्नुपर्ने अन्तिम मौका रहेको छ । यी दुबै कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् ।  गुराँस लाईफले मंसिर १० गते र एनआईसी एशिया लघुवित्तले मंसिर ५ गते वार्षिक साधारण सभा बोलाएका हुन । उक्त सभा प्रयोजनका लागि मंगलवार बुक क्लोज गर्ने भएसँगै बुक क्लोजको आधारमा सोमवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । सोमवारसम्म कायम शेयरधनीहरुले मात्र यी कम्पनीहरुले प्रस्ताव गरेका लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । गुराँस लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

त्यस्तै एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ५ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख ४० हजार छ । सोही पूँजीको आधारमा कम्पनीले यस वर्ष नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x