नौ हाइड्रोपावर कम्पनीको लाभांश घोषणा

नेपाल स्टक एक्चेन्समा सूचीकृत ४३ हाइड्रोपावरमध्ये नौ कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बोनस तथा नगद लाभांश घोषणा गरेका छन् । जसमध्ये सर्वाधिक नगद तथा लाभांश घोषणा गर्नेमा न्यादी पावर कम्पनीले २१ दशमलव ०५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा २० प्रतिशत बोनस सेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

दोस्रोमा अरुण काबेलीले १७ प्रतिशत बोनस र ० दशमलव ८९ प्रतिशत नगद  लाभांश दिने भएको हो । अपि पावर कम्पनीले कूल ११ दशमलव शून्य ५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले १० दशमलव ५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ५५ प्रतिशत नगद दिने भएको हो । त्यसैगरी, रिडी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नगद लाभांश मात्र घोषणा गरेको छ । दुवै कम्पनीले १२ दशमलव ६ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुल १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको छ । १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । त्यस्तै, रुरु जलविद्युत् परियोजनाले १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२ प्रतिशत बोनस गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश घोषणा गरेको हो । सानिमामाई हाइड्रोपावरले शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x