लगानिकर्तालाई खुशीको खबर – हिमालयन रि-इन्स्योरेन्स आईपीओ ल्याउँदै

हिमालयन रि–इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको हो । यससँगै, लगानीकर्ताले अर्को ठूलो आईपीओमा लगानी गर्न पाउने भएका हुन् । यद्यपी, कम्पनीले कति रुपैयाँ बराबरको आईपीओ ल्याउने भन्ने विषयमा जानकारी दिएको छैन । यो पनि पढ्नुहोस्

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा
राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिवर्तनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६/७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको गौरवको कार्यक्रमका रुपमा प्राथमिकतामा राखिए पनि त्यो अन्योलमा परेको हो ।


उक्त बस सञ्चालनका लागि आव २०७६/७७ मा बस खरिद र सञ्चालनका लागि विनियोजन भएको रु २८ करोड र आव २०७७/७८ मा विनियोजन भएको रु ४० करोड फ्रिज भएको छ । प्रदेश सरकारले चालु आव २०७८/७९ मा पहिलो चरणमा ३० वटा विद्युतीय बस खरिद गर्ने र १५ वटा चार्जिङ स्टेसनका लागि सामग्री खरिद र जडान प्रक्रिया समेतका लागि रु ५० करोड विनियोजन गरेको बताइए पनि चालु आवको चौथो महिना बित्न लाग्दासमेत बस खरिद प्रक्रियासमेत सुरु भएको छैन ।



भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डका अनुसार हालसम्म बस खरिद प्रक्रिया अगाडि नबढेकाले चालु आवमा बस सञ्चालन हुने स्थिति देखिन्न । बोर्डका कार्यकारी निर्देशक जगदीश ढुङ्गानाले बस खरिदका लागि आह्वान गरिएको बोलपत्र अनुमानित रकमभन्दा बढी कबोल भएपछि रद्द गर्नु परेको जानकारी दिए । यसैगरी आवश्यक बस सञ्चालनका लागि पूर्वाधार नभएसम्म तत्काल बस खरिद नहुने बोर्डका पदाधिकारीहरुले बताएका छन् । अहिले सबै काम रोकिएको बताइएको छ ।

तत्कालीन प्रदेश सरकारले २०८५ सालभित्र प्रदेशका मुख्य सहरमा इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई विस्थापित गर्ने लक्ष्य लिएको थियो । प्रदेशसभामा विभिन्न विरोध हुँदा पनि विद्युतीय बस खरिद योजनालाई तत्कालीन प्रदेश सरकारले चालू आवमै पास गरेको थियो ।

source:ratopati

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x