जहाँ १०-२० रूपैयाँमा पनि सर्ट-प्यान्ट किन्न सकिन्छ । यस्तो छ सुखावती प्रतिष्ठान

आफूसँग भएका लाउन मिल्ने लुगा र चलाउन मिल्ने सरसामान दिन पनि सकिन्छ सुखावती प्रतिष्ठानले पुराना लुगाफाटा, जुत्ता, भाँडाकुडाँ पुनः प्रयोग गर्दै आएको सात वर्ष भयो। यो प्रतिष्ठानले पुराना कपडा धोइपखाली चिटिक्क पार्छ। उध्रेका, टाँक–चेन खुस्किएका भए बनाउँछ। भाँडाहरू सफा गरी टल्काउँछ। जुत्ता सफा र सिलाइ गरेर लाउन मिल्ने बनाउँछ। यसरी तयार भएका सामान उसले बेच्छ।तर तपाईंले किनेको मूल्यमा होइन। न त बजार भाउअनुसार नै। विशेषगरी लुगाफाटाको मूल्य दसदेखि बीस रूपैयाँ मात्र पर्छ। सर्ट, टिसर्ट, भेस्टहरू दस रूपैयाँदेखि पाइन्छ। प्यान्ट बीस रूपैयाँ। जुत्ता र भाँडाकुँडाको भने त्यसको अवस्थाअनुसार भाउ तोकिएको छ। बच्चादेखि पाका उमेरसम्मकालाई हुने लुगा यहाँ पाइन्छ। यसलाई सेकेन्ड ह्यान्ड सामान पाइने पसल भने हुन्छ। सामान संकलन, मर्मतसम्भार, सरसफाइको झन्झट बेहोरेर किन दस–बीस रूपैयाँमा सामान बेच्ने?यो सामाजिक व्यवसाय हो। यसले आफ्नो आम्दानी सामाजिक कार्यमा खर्चिँदै आएको छ।


तर अझै पनि फेरीफेरी धेरै लुगा लगाउनेहरूसम्म पुगेर कपडा ल्याउन नसकेको प्रतिष्ठानका उपाध्यक्ष चिजमान गुरूङ बताउँछन्। मध्यम वर्गकाबाट आफूलाई साँघुरो भएका लुगाकपडा धेरै मात्रामा आउने गरेको उनले बताए।हामी कहाँ विदेशबाट उपहार आएका, वर्षौंसम्म नलगाएर थन्काएर राख्ने जमात धेरै छ, उनले भने, हामी अझै त्यहाँसम्म पुग्न सकेका छैनौं।हामीकहाँ छोराछोरी विदेशमा छन् भने उनीहरूका लुगा साँचेर राखिन्छ। ठाउँ नभए पनि खाट वा भर्‍याङ मुनितिर कोचेर राख्ने चलन छ। त्यसैले कसैका छोराछोरी विदेशमा छन्, उनीहरूका लुगा साँचेर राख्नु मात्र परेको छ आफूहरूलाई दिन पनि उनी आग्रह गर्छन्। त्यसलाई अरू कसैले लगाउन सक्ने उनको भनाइ छ। तपाईंसँग पनि नफाटेको वा नयैँ लुगा छ तर शरीरमा ठीक हुँदैन वा भनौं लगाउने मान्छे नभएर एउटा कुनामा थुपारेर राख्नुभएको होला। यस्तै भाँडाकुँडा पनि होलान्! जुत्ताचप्पल, बच्चाका खेलौना पनि हुन सक्छन्!यस्ता लुगाफाटा र सामान तपाईंले सुखावतीलाई दिन सक्नुहुन्छ जसले आवश्यक पर्नेलाई उपलब्ध गराइदिन्छ। सयौं रूपैयाँ हालेर किन्न नसक्नेको लुगा–जुत्ता फेरेर लाउने रहर पूरा गरिदिन्छ। घरमा चाहिने भाँडाकुँडा जोहो गराइदिन्छ।

सुखावती प्रतिष्ठान कहाँ छ त?

यो सामाखुसी, टाउन प्लानिङमा छ। अहिले यसले नेपालटारमा शाखा समेत खोलिसकेको चिजमानले जानकारी दिए।
तपाईंलाई यी ठाउँ पायक पर्दैन भने फोन गरेर बोलाउँदा हुन्छ। सुखावती तपाईंको घरदैलोमै आएर पनि लैजाने उनले जानकारी दिए, फोन गरेमा हामी घरमै पनि जाने गरका छौं।अहिले सुखावतीले विभिन्न छ ठाउँमा ड्रप-बक्स समेत राखिदिएको छ। तपाईंले बजार निस्केका समयमा ल्याएर यो कपडा दान पेटिकामा हालिदिन पनि सक्नुहुन्छ। चिजमानका अनुसार भैंसेपाटी, नख्खिपोट, हात्तीवन हाउजिङ, नारायणथान, नेपालटार र वनस्थलीका प्रायः साथीमार्टका अगाडि ड्रप बक्स राखिएको छ।सहयोग गर्न चाहने तर समय नभएकाहरूलाई मध्यनजर गरेर हामीले ड्रप-बक्स राखेका हौं, चिजमानले भने। ड्रप-बक्स भरिएपछि सुखावतीले आफैं गएर ल्याउँछ। तर कतिले यसबारे नबुझेर ड्रप-बक्समा फोहोर समेत हाल्ने गरेको गुनासो उनको छ। यो ड्रप-बक्स सुखावतीले आइज्याक नामक संस्थाको सहयोगमा बनाएको हो। थप चारवटा सुखावती आफैंले बनाउन लागेको छ।हामीले आइज्याकसँग नगद पैसा लिएका होइनौं। नचाहिने सामान जम्मा गरेर बेचेको पैसाले बक्स बनाइदिएको हो, उनले भने।चिजमानका अनुसार प्रतिष्ठानमा नौ जना सदस्य छन्। ती सबैले स्वयंसेवकका रूपमा काम गर्छन्। बिएसडब्ल्यु पढ्ने विद्यार्थी पनि सहयोग गर्न आउने गरेको चिजमान बताउँछन्।पुराना सामान भेला गरेर फेरि बेच्ने आइडिया कसरी आयो, हामीले चिजमानलाई सोध्यौं। उनले बीस वर्षअघिका दिन सम्झिए।



चिजमान वैदेशिक रोजगार निम्ति सन् १९९३ मा कोरिया पुगेका थिए। साढे छ वर्ष कोरिया बसेपछि सन् २००२ मा नेपाल फर्किए। त्यो अवधिमा उनले त्यहाँ कोरियन खाना बनाउन सिके। त्यही सीपलाई पोखरा लेक साइडमा प्रयोग गरे। कोरियन रेस्टुरेन्ट खोले। रेस्टुरेन्ट अहिले पनि चलिरहेको छ। त्यस्तै नक्सालमा रहेको हाङकुक साराङ नामको रेस्टुरेन्टमा पनि उनको लगानी छ। अहिले उनले ठमेलमा त्यसको शाखा समेत खोलेका छन्। उनले कोरियन महिलासँग बिहे गरेका थिए। सन् २००७ सालमा फेरि कोरिया जाने मौका पाए। एउटा कम्पनीमा काम गर्न थाले। त्यही क्रममा उनी त्यहाँको ब्युटीफुल स्टोरमा पुगे। उनी त्यो देखेर अचम्म परे। त्यहाँ त एकपटक प्रयोग भइसकेका सामान बेचिँदा रहेछन्। पुराना लुगा, जुत्ता, ब्याग, भाँडा लगायत थुप्रै सामान।मैले त्यहाँ साढे दुई वर्ष काम गरेँ। कोरियामा यस्ता पसल १४० वटा छन्। तीमध्ये १३० वटा एकदम राम्रो चलेको देखेँ, उनले सुनाए, विकसित देशमा त पुराना कपडा बेचेर आवश्यक पर्नेलाई सहयोग गरिन्छ भने नेपालमा किन सकिँदैन भन्ने लाग्यो। अनि यो काम आफैं थाल्ने योजना बनाएँ।उनी नेपालमा सुखावती स्टोर खोल्ने सपना देख्न थाले। सन् २०१२ मा निर्णय नै गरे। श्रीमतीसँग पाँच वर्षको छुट्टी लिएर यही काम गर्न आफू नेपाल आएको उनी बताउँछन्। सेवामूलक काम भएकाले उनलाई सहयोगको खाँचो थियो। गैरसरकारी संस्थाहरूसँग भेटघाट गरे। योजना सुनाए।

सबैले राम्रो छ, गर भनेपछि म हौसिएँ, उनले भने, सबै काम सक्न दुई वर्ष नै लाग्यो।सन् २०१४ मा सुखावती स्टोर स्थापना भयो। तर उनलाई चुनौती थियो– सामान कसरी बटुल्ने? सुरूमा आफ्ना संस्थाका साथीहरूलाई नै भने। उनीहरूलाई नचाहिएका लुगाफाटादेखि भाँडाकुँडासम्म ल्याए। विदेशमा सिकेकाले सामान छान्न र मूल्य राख्न उनलाई सहज भयो।सामान त छानियो, मूल्य पनि राखियो तर कहाँ लगर बेच्ने? त्यतिखेर मैले केही सोच्न सकिनँ, उनले भने, हाम्रो कुनै पसल थिएन। त्यसैले बसुन्धराका बाटोमा राखेर बेच्न थाल्यौं। राम्रै चल्यो। कहिले ५ हजार, कहिले ३ हजारको बिक्री हुन्थ्यो।तर ग्राहक चित्त बुझाउन उनलाई सहज थिएन। दस–बीस रूपैयाँमा कहाँबाट–कस्ता कपडा ल्याएको भन्दै शंका गर्थे।सस्ता बेच्ने यी लुगा कहाँबाट ल्याएको? चोरेको कि मरेको मान्छेको हो भन्दै सोध्थे, उनले भने, अझ धेरै त यस्ता सामान ल्याएर ठग्ने, पुलिसलाई खबर गर्दिऊँ भन्दै धम्काउँथे पनि।अनि कसरी बुझाउनुभयो त उनीहरूलाई?यस्तो सोध्ने मान्छे हुन्छन् भनेरै म आफैं खटिन्थेँ। उनीहरूको जिज्ञासालाई चित्तबुझ्दो जवाफ दिनुपर्‍यो नि, उनले सुनाए। विस्तारै उनले मान्छेका भ्रम चिरे। बसुन्धराका मान्छेले नै पुराना कपडा ल्याएर दिन थाले। उनी कसैका घरै पुगेर ल्याउँथे त कसैले त्यहीँ ल्याइदिन्थे। कपडा धेरै आउन थालेपछि भने बाटोमा राख्न समस्या भयो। उनीहरूले म्हैपीमा एउटा सटर खोजेर त्यहीँ राख्न थाले। सटरमा पसल राखेपछि झन् धेरै कपडा आउन थाल्यो। प्रतिष्ठानलाई त्यो ठाउँ पनि अपुग भयो।अब यसलाई ठूलो सटर खोजेर राख्नुपर्‍यो भन्दाभन्दै भुइँचालो आयो, उनले भने, सहयोगका निम्ति हामीसँग भएका लुगाफाटा काम आए।



उनले आफ्नो व् हामीकहाँ पुराना लुगा अरूलाई दिने चलन हो। दाइको भाइले, दिदीको बहिनीले लाउने वा सहरमा भएकाले गाउँमा लगिदिन्छन्। तर अचेल यो छैन। फेसन र गाउँको आयस्रोत बढ्दै जाँदा नयैं लाउन खोज्ने हुन्छन्। यसो वरपर कसैलाई दिने सोचे पनि हेपेको भन्ठान्ने डर। लाउनेलाई पनि अरूले दिएको लाएँ भन्ने अनुभूति । तर यसरी व्यवसायिक रूपमा नै काम गर्दा मैले मागेर लाएको होइन, किनेर लाएको हो भन्ने महशुस हुँदो रहेछ, उनले आफ्नो व्यवसायिक अनुभव सुनाए । उनले काम गर्दा सहयोग मात्र होइन, गाली पनि खेपेका छन्। तर काम गर्न त्यस्ता सबै नकारात्मक टिप्पणी पन्छाउनुपर्ने चिजमान बताउँछन्।सामाजिक सञ्जालमा पनि अर्काको कपडा ल्याएर बेची खाने भनेर लेखेको देख्छु। तर मैले यसलाई गाली ठानेको छैन, भने, नेपाली समाजमा यो कुरा बुझाउन समय लाग्छ, हामी कामले बुझाउने कोसिस गर्दैछौं।प्रतिष्ठानले लुगा–भाँडाकुँडा मात्र बेच्दैन। चिजमानका अनुसार कुनै संस्थाले लुगा–कपडा चाहियो भनेर सिफारिस गरे सित्तैमा दिइन्छ पनि। प्रतिष्ठानले अहिले सात जनालाई दिएको छ। भाडा खर्च र कर्मचारीलाई यहीँको नाफाले दिन पुगेको चिजमान बताउँछन्। अचेल उनलाई लत्ताकपडा भेला पार्न समस्या छैन। सामाखुसी क्षेत्रबाटै टन्नै आउँछ। स्टोरबाट दैनिक १०/१५ हजारको व्यापार हुन्छ। उनीहरू मेला, चाडपर्वमा बाहिर बजारमा पनि बेच्न जान्छन्। कारोनाको अघिल्लो वर्ष प्रतिष्ठानले १० लाखको व्यापार गरेको थियो। कोरोनापछि भने व्यापार कम हुँदै गएको छ। अहिले प्रतिष्ठानले फेसबुक र इन्स्टाग्राममार्फत पनि सामान बेच्न थालेको छ। चिजमानका अनुसार अहिले यहाँ सामान किन्न आउन ग्राहक फेरिएका छन्। पहिले कम आयस्रोत भएका दैनिक ज्यालादारी गर्ने आउँथे भने अचेल काठमाडौं बसेर पढ्ने विद्यार्थी समेत आउँछन्। उनी सुखावतीको थप शाखा विस्तार गर्ने योजनामा छन्। सन् २०२४ सम्ममा चार वटा शाखा खोल्ने योजना छ।source:setopati

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x