पुष्पकमल दाहाल प्रचण्ड ब्लडप्रेसर बढेपछि अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ। ‘हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म काठमाडौं आउँदैछु,’ प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन्। प्रचण्डको रक्तचाप बढेको उनले बताए। शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो। दाहालको स्वास्थ्य अवस्थाबारे आफूलाई अहिले विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताइन्।



यो पनि पढ्नुहोस्
केन्द्रीय कमिटी बैठकमा झलनाथले भने- एमालेलाई ‘बपौती’ बनाएपछि हामीले विद्रोह गरेका हौं
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाले केन्द्रीय कमिटी बैठकमा एमाले छोड्नु परेको कारण बताएका छन्।शनिबार ललितपुरमा बसेको बैठकमा खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘बपौती’ बनाएर विधिअनुसार नचलेकोले आफूहरूले विद्रोह गर्नुपरेको बताएका हुन्।

उनले ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको, पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने काम गरेको, व्यक्तिस्वार्थ र पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटक पटक लत्याएकोले आफूहरू विद्रोह गरेको बताए।यस्तै उनले पार्टी विघटनको कारण दक्षिणपन्थ र संशोधनवाद उल्लेख गरेका छन्।
उनले अब जबज आफूहरूको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन्। उनले पार्टीमा सुधार गर्नुपर्ने कामबारे पनि बताए। source:setopati

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x