आज काठमाडौं उपत्यकामा ११८ संक्रमित, सक्रिय १४४९ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं उपत्यकामा ११८ थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७९, ललितपुरमा ३३ र भक्तपुरमा ६ संक्रमित छन्।यस्तै काठमाडौं उपत्यकामा १४४९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४६४, ललितपुरमा ५१२ र भक्तपुरमा ४७३ सक्रिय संक्रमित छन्।

नेपालमा थप २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा ८ हजार २४३  जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।५ हजार २२५ जनाको पिसिआर परीक्षण र ३०१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।


नेपालमा हाल ७ हजार २७८ जना सक्रिय संक्रमित छन्।पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ।४७८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x