हरिबोधनी एकादशीमा दुई दिन सार्वजनिक बिदा

आइतबार बिहान बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका मेयर मुरारी प्रसाद खतिवडाले जानकारी दिए ।
कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताए । कार्यपालिकाको निर्णयअनुसार दुई दिन सरकारी तथा गैरसरकारी कार्यालय,शैक्षिक संस्था बिदा रहने छन् ।
संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।


चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र झापा,मोरङ,सुनसरी,धनकुटा,भोजपुर र तेह्रथुम लगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् । source:arthatantra

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x