भागरथी बलात्कार पछिको हत्या प्रकरणमा प्रहरीद्धारा आरोपित सार्वजनिक

बैतडीको दोगदाकेदार गाउँपालिका ७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । भागरथी भट्टको हत्या आरोपमा दिनेश भट्टलाई बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सार्वजनिक गरिएको हो ।

भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो। उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाँटी थिचेर मारिदिए बयान प्रहरीसमक्ष दिएका छन्।

पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। गत २१ माघमा विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्।

भागरथीका दुई दिदी र एकजना दाइ छन्। दिदीहरू तुलसी र पार्वतीको बिहे भइसकेको छ। स्थानीय भूमिराज माविमा १० कक्षासम्म पढेका मृतकका दाइ केशव घरको आर्थिक अवस्था कमजोर भएकाले बहिनीलाई पढाउनका लागि मजदुरी गर्न भारत गएका थिए। लकडाउनका बेला घर फर्किएका केशव बुवाको किरिया गरेर माघ ३ गते दिल्ली गएका थिए।

आजै भट्टविरुद्ध भागरथीका दाइ शङ्कर भट्टले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका छन् । भट्टले

जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । भट्टविरुद्ध करणी र ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

Source:onlinemarg

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x