सन्दीप लामिछानेः आईपीएल २०२१ का लागि कुनै क्लबले नदिँदा क्रिकेटप्रेमीहरू दुःखी

अन्तत: कतिपयले नेपाली क्रिकेटप्रेमीहरूले आशङ्का गरे झैँ नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रीमियर लीगका कुनै पनि टोलीले खरिद गरेन।

आईपीएलको १४ औँ सीजनका लागि आज बिहीवार भारतको चेन्नईमा भएको मिनी अक्शनमा लामिछानेले आफ्नो आधारभूत मूल्य ४० लाख भारु मात्र राखेका थिए।

तर त्यसमा कुनै पनि टोलीले बोली लगाउन चाहेन।

तीन वर्ष दिल्ली क्यापिटल्सबाट खेलेका लेग स्पिनर लामिछानेलाई गत सीजनपछि दिल्लीले टोलीबाट मुक्त गरेको थियो।

लामिछानेलाई पञ्जाब किङ्ग्स, सनराइज हैदराबाद वा मुम्बई इन्डियन्सले अनुबन्धन गर्न सक्ने कतिपय क्रिकेटप्रेमीहरूले अनुमान गरेका थिए।

आईपीएल अक्शनमा नेपालबाट फेरि सन्दीप लामिछाने मात्र, खेल्न पाउलान् कि नपाउलान्

आईपीएलले धेरै कुरा सिकायो: सन्दीप

बजारमा लामिछानेलाई कुनै टीमले लिन नसक्ने खराब आकलनदेखि उनी अब करोडौँ रुपैयाँमा विक्री हुन सक्ने चर्चा पनि चलेको थियो।

 

सामाजिक सञ्जालमा चर्चा

 

लामिछानेलाई कुनै क्लबले नलिएकोमा नेपाल तथा अन्यत्रका क्रिकेटप्रेमीहरू पनि दुःखी देखिएका छन्।

https://twitter.com/gbhimani/status/1362374718397894660

https://twitter.com/Prabesh_23/status/1362376127923200000

नेपालका समीर पराजुलीले उनी अक्शनमा नबिकेका भए पनि यो नै उनको खेल जीवनको अन्त्य नभएको र आगामी सीजनमा थप अवसर आउने ट्विटरमा लेखेका छन्।

एक प्रयोगकर्ताले सन्दीप लामिछानेलाई टीभीमा बोतल बोकेको देख्नुको साटो अब नेपालकै घरेलु क्रिकेट ईपील/पीपीएलमा क्रिकेट खेलेको देख्न पाइने भयो भनेर ट्वीट गरेका छन्।

गत सीजनमा उनलाई उनको क्लबले खेलाएको थिएन।

केही व्यक्तिले उनी अझै कुनै क्लबमा पर्न सक्छन् भनेर झिनो आशा राखेको पनि देखिएको छ।

https://twitter.com/Yubraj_Koirala/status/1362377700883787785

 

विदेशी खेलाडीको कोटा

 

यो अक्शनमा सहभागी आठवटा टोलीसँग जम्मा ६१ खेलाडीको कोटा खाली थियो र त्यसमध्ये पनि विदेशी खेलाडीको लागि मात्र २२ वटा कोटा थियो।

त्यसका लागि लामिछानेसहित १२५ जना विदेशी खेलाडीहरू प्रतिस्पर्धामा थिए।

मिनी अक्शनमा भने १६४ जना भारतीयसहित कुल २९२ जना खेलाडीहरु सूचीकृत थिए।

त्यसमा असोसियट राष्ट्रबाट लामिछाने, यूएईका कार्तिक मैयेप्पा र अमेरिकाका अलि खान गरी तीन जना मात्र परेका थिए।

‘विश्व ११’ टोलीमा सन्दीप लामिछाने

सबैको वाहवाही पाउँदै सन्दीप

आईपीएलमा एउटा टोलीले आठ विदेशी खेलाडी किन्न पाउँछ। तर एक पटकमा चार विदेशी खेलाडीलाई मात्र मैदानमा खेल्न पठाउन पाउने नियम छ।

बिहीवारको अक्शनमा केही खेलाडीहरूले भने अपत्यारिलो मूल्य पाएका छन्।

दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिसलाई राजस्थान रोयल्सले १६ करोड २५ लाख भारुमा किनेको छ।

यो आईपीएलको इतिहासमा सबैभन्दा मूल्य हो। उनको आधारभूत मूल्य जम्मा भारु ७५ लाख थियो।

त्यस्तै पञ्जाब किङ्ग्सले यसै सीजन छोडेका अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेललाई रोयल च्यालेन्जर्स ब्याङ्गलोरले भारु १४.२५ करोड भारुमा किनेको छ।

Source: hamropatro

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x