पशुपतीनाथले हामी सबैको रक्षा गरुन आज मिति २०७७/११/०८ गतेको राशिफल पढौं

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries तपाइलाइ आजको दिन दण्ड तथा जरिवाना हुनसक्छ, कुनै पनि अनाबश्यक बिबादमा परिएला, धैर्यले काम लिनुहोला, टाउको वा अनुहारमा समस्या आउन सक्छ बोल्दा होसियार रहनुहोला|

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus मनमा शान्ति तथा अनुहारमा कान्ति छाउला, शारीरिक रुपमा बलवान भइएला, इज्जत मान तथा प्रतिष्ठामा वृद्धि होला, आजको दिन तपाइको वाहवाही हुनेछ |

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini बोल्दा साबधानी अपनाउनुहोला, पुरानो कुरा फेरी दोहोरिन सक्ला, मनमा आजको दिन खिन्नता छाउनेछ, इस्टमित्र तथा आफन्तजनबाट सहयोग मिल्नेछ|

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer तपाइको बोली तथा पराक्रम सबैले देख्नेछन, सुनचादी तथा रत्नको प्राप्ति होला, तपाइको सुन्दरताको बयान चारैतिरबाट हुनेछ, बैदेसिक यात्राको अवसर पनि आउन सक्नेछ |

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo घरजग्गा तथा साधन बाहनमा वृद्धि हुनेछ, आमाको सल्लाहले नया कामको थालनी हुनसक्छ, पशुचौपायाबाट फाइदा होला, आजको दिन उन्नति प्रगति हुने समय छ |

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo शस्त्र तथा हातहतियारको प्राप्ति होला, आजको दिन पाचन शक्ति कमजोर हुने हुदा पेटमा समस्या आउन सक्छ, राजनीति तथा नोकरीमा लाभ होला |

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra आजको दिन अनाबश्यक कार्यमा खर्च होला, तपाइको खुट्टा तान्नेहरुको कमि हुनेछैन, कामबासना बढ्नाले लज्जित हुनुपर्ला, आफ्नो बिबेकले काम लिनुहोला |

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio प्रेम बढ्ने समय छ, प्रेमप्रेमिका बीच रमाइलो भेटघाट हुनेछ, कुनैपनि नया साझेदारी ब्यबसाय शुरु गर्दा राम्रो हुनेछ, तर दिउसोबाट दिनमा अशान्ति छाउला|

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius गुप्तरोगले सताउला, खुट्टा तथा हातमा चोटपटक लाग्नसक्छ, आजको दिन बैदेसिक यात्रा नगरेको राम्रो, भुतप्रेत प्रभाव हुनसक्छ|

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn आजको दिन तपाइको मन उदार रहनेछ, बायु सम्बन्धी समस्याले सताउन सक्ला, खानपिनमा विशेष ध्यान दिनुहोला, धार्मिक तथा सामाजिक कार्यमा सहभागी भइएला|

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius आजको दिन नयानया अबसरहरु प्राप्त हुनेछन, सरकारी पक्षबाट सहयोग प्राप्त होला, तपाइको बिध्वताको सबैतिर कृति फैलिनेछ, धन तथा प्रतिष्ठा प्राप्ति होला|

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces अनेक अबसरहरु प्राप्त हुनेछन, भाईबन्धु तथा मित्रहरुबाट सुख होला, गाडी तथा मोटरबाट लाभ होला, महत्वपुर्ण मांगलिक कार्यहरु सम्पन्न होलान |

– ज्यो. देवमणि बस्याल

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x