मेलम्ची खानेपानीको सुरुङ आज परीक्षण गरिँदै

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज परीक्षण गरिँदै छ।

साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले सुरुङ निर्माणको सम्पूर्ण काम पूरा गरेपछि पानी हालेर परीक्षण गरिन लागिएको हो।

आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम गरेर आजदेखि पानी भर्न शुरु गरिने छ। कार्यक्रममा खानेपानीमन्त्री मणि थापा पनि सहभागी हुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

पन्तका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्ने छ।

गत वर्ष असारमा सुरुङमा पानी भनेर परीक्षण गर्दा सुरुङको गेट फुटेर दुर्घटना भएको थियो। घटनामा आयोजनाका एक इन्जिनीयर र चालकको मृत्यु भएको थियो। चालकको शव अझै फेला परेको छैन।

Source: nepalkhabar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x