पाथिभरा माताले हामीसबैको रक्षा गरुन , आज मिति २०७७/११/१२ गते बुधवारको राशिफल पढौं

आजको राशिफल
मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries आजको दिन अनेक प्रकारका उन्नती तथा प्रगति हुनसक्छ। कुनै पनि धार्मिक कार्य तथा सभासमारोहमा सहभागी भईएला,मनमा शान्ति प्राप्त हुनाले शुभ कार्य गरिएला।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus मित्रहरूसँग रमाइलो भेटघाटले आजको दिन सुखसाथ बित्ला, नाँचगान तथा बैवाहिक कार्यहरुमा सहभागी भईएला, विभिन्न प्रकारका आभुषण प्राप्त हुनसक्छ , पुजापाठ वा धार्मिक कार्यमा सहभागी भईएला।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini ठेक्कापट्टा तथा चिठ्ठाबाट लाभ होला, आजको दिन तपाईंको बोलिको प्रभावबाट बिग्रेका कामहरू बढ्लान, क्रय तथा बिक्रयमा नयाँ सम्झौता हुनसक्छ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer पुजा आराधना तथा देवालयमा समय बित्नेछ, मान,सम्मान ,प्रतिष्ठा तथा कार्यकुशलतामा वृद्धि होला, आकस्मिक लाभका कारण मन प्रसन्न रहला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo परिवारमा नयाँ सदस्यको आगमनले गर्दा घर परिवारमा रमाइलो हुनेछ, तर मध्यान्ह पछि भने कुनैपनी स्थानको व्यर्थपुर्ण यात्रा होला, होशियारि अपनाउनु होला।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo आजको दिन दाजुभाइ तथा बन्धुबान्धवहरुबाट सुख प्राप्त हुनेछ। आफ्नो पराक्रमको कारणले उन्नति तथा प्रगति होला, कुनै उच्च पदस्थ व्यक्तिसँगको भेटले मनमा उत्साह आउनेछ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra तपाईंको कार्य कुशलता तथा नेतृत्व क्षमता बढ्नेछ, कुनै पनि निर्माण सम्बन्धि कार्यहरू शुभ होला, तर दिउँसोबाट भने स्वासप्रस्वास सम्बन्धि समस्या आउनसक्छ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio आजको दिन नयाँ नयाँ ज्ञान तथा शिक्षा प्राप्त हुने समय आएको छ, कुनै लेखन तथा साहित्यिक कार्यमा मन जाला, धेरै समयपछि पुत्र तथा सन्तानको आगमनले परिवारमा खुसियाली छाउला।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius आजको दिन तपाईंलाई मध्यम रहनेछ, चोटपटक तथा घाउ खटिरा हुनसक्छ, चोरको भय हुने हुँदा कुनै मालसामानहरु हराउन सक्छ।तर पनि दिउँसोबाट समय अनुकुल रहला।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn आजको दिन कुनै पनि व्यक्तिले फसाउन सक्ला, दुर्जन व्यक्तिहरुको संगतले गर्दा मान, प्रतिष्ठामा आँच आउनसक्छ, काम शक्ति कमजोर हुनाले लज्जित हुनुपर्ला।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius भुमिगत सम्पत्ति प्राप्ति तथा चिठ्ठाबाट लाभ होला, वैदेशिक यात्राहरुको पनि अवसर आउनसक्छ, पशु तथा चौपायाको भय रहला, सावधानी अपनाउनु होला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces आजको दिन तपाईलाई भाग्योदय होला, लक्ष्मी प्राप्त तथा परिवारजनको साथ र सहयोग पाईएला, कुनै पनि स्थानको जलयात्रा तथा रमणीय भ्रमण होला।

– ज्यो. देवमणि बस्याल

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x