मोरङ उर्लाबारीकी सदिक्षाको समर्थन गर्दै मनोज गजुरेल लेखे भाबुक स्टाटस

काठमाडौं । बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सदिक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् । मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोलाको हत्या अनुसन्धानको बिषयमा प्रहरीको लापरवाहीको बिरुद्ध  दाजुको न्यायका लागि आवाज उठाउने उनकी बहिनी सदिक्षाले चालेको कदमको प्रशंसा गरेका हुन् ।
गजुरेलले  एक भाबुक स्टाटस लेख्दै उनको समर्थन गरेका छन् ।  ‘सामान्य बिषयलाई ‘भाइरल’ गराएर असामान्य बनाउने विकृति बिच तिम्रो ‘फेसबुक लाइभ’ पनि त्यस्तै होला भन्ठानेको थिएँ । तर म गलत रहेछु’ गजुरेलले अगाडि लेखेका छन्, ‘मन, मुटु जोडिएको सहोदर दाजुको मृत्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शंकास्पद गतिबिधिलाई लिएर तिमिले गरिरहेको बिरोध, आक्रोश र प्रतिरोधलाई सलाम गर्न चाहान्छु । सम्मान गर्न चाहान्छु ।’
गजुरेलले घटनाको सत्यतथ्य छिटो सार्वजनिकको लागि समेत माग गरेका छन् ।
सदिक्षाको अभियानका कारण प्रहरीले उनको दाजुको हत्या आशंकामा ६ जना बिरुद्ध कर्तब्य ज्यान मुद्दा अगाडि बढाएको छ ।
Source: Ratopati
Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x