नेकपा नाम र सूर्य चिह्न प्राप्त हुनेमा द्विविधा छैन : माधव नेपाल

निर्वाचन आयोगले बहुमतको आधारमा निर्णय गर्नेबित्तिकै पार्टी नेकपा र सूर्य चिह्नको आधिकारिता नेकपाको प्रचण्ड समूहलाई प्राप्त हुने सोही समूहका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड समूहका एकजना अध्यक्ष माधवकुमार नेपालले पार्टी नेकपा र चुनाव चिह्न सूर्य प्राप्त हुनेमा द्विविधा नभएको बताएका छन्।

निर्वाचन आयोगले बहुमतको आधारमा निर्णय गर्नेबित्तिकै पार्टी नेकपा र सूर्य चिन्हको आधिकारिता नेकपाको प्रचण्ड समूहलाई प्राप्त हुने उनको विश्वास छ।

उनले सूर्य चिह्न र नेकपा जहाँ, त्यहाँ आफूहरू रहेको बताए।

काठमाडौंको बबरमहलमा पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभामा आज बोल्दै उनले नेकपाको आधिकारिता केपी शर्मा ओली समूहले पाउने र चुनाव चिह्न सूर्य पनि ओली समूहले पाउने भन्नेमा दिग्भ्रमित नहुन आग्रह गरे।

उनले पार्टीको संसदीय दलको नेताबाट ओलीलाई हटाएको पनि बताए।

Source: dekhapadhi

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x