ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, तीन दर्जन घर जले

ताप्लेजुङको दोभान बजारमा अहिले आगलागी भइरहेको छ।

ताप्लेजुङको पुरानो बजार दोभानमा आज बिहान आगलागी भएको हो। आगो अझै नियन्त्रणमा आएको छैन।

सो आगलागीका कारण मुख्य बजार क्षेत्रका तीन दर्जन बढी घर जलिसकेका छन्।

एउटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने काम भइरहेको छ।

हावा पश्चिमदेखि पूर्वतिर चलेका कारण आगो पनि त्यतै फैलँदै गएको छ।

आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईँले जानकारी दिए।

Source: nepalsamaya

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x