ज्योति लाईफको आईपीओ पर्ने सम्भावना कति ? (सम्पूर्ण जानकारी)

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २३ गते आइतबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपिओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनएमबि क्यापिटल लिमिटेड, नक्साल, काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

Source: arthasansar

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x