सरकारसँग वार्ता गर्न : विप्लवले पनि आजै वार्ता टोली सार्वजनिक गर्ने

काठमाडौँ : सरकारसँग वार्ता गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले पनि आजै वार्ता टोली सार्वजनिक गर्ने भएको छ । विप्लव निकट स्रोतकाअनुसार पार्टीले दुई सदस्यीय वार्ता टोली बनाएको बनाएको छ । ‘पार्टीले वार्ता टोली आजै सार्वजनिक गर्छ,’ विप्लव निकट स्रोतले इकागजलाई भन्यो,  ‘सरकारले वार्ता टोली बनाएको प्रति हामी सकारात्मक छौं ।’

सरकारले विप्लवसँग वार्ता गर्न आजै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । जसमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई छन् । केही दिनअघि विप्लवले एक विज्ञप्ति जारी गर्दै आफूहरू वार्ताका लागि तयार रहेको जनाएका थिए ।

प्रधानमन्त्री ओलीले समेत पछिल्लो समय विप्लव मुलधारको राजनीतिमा आउने विश्वास सार्वजनिक रूपमा गर्दै आएका छन् ।

Source: ekagaj

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x