मन्त्री साहको आदेशमा गहुँबाली न’ष्ट गरी मेला लगाउने तयारी,राष्ट्रपतिले उ’द्घा’टन गर्ने !

मन्त्री साहको आदेशमा गहुँबाली न’ष्ट गरी मेला लगाउने तयारी, राष्ट्रपतिले उ’द्घा’टन गर्ने !
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवम् शहरी विकासमन्त्री प्रभु साहले महाशिवरात्रि मेला लगाउन किसानले लगाएको गहुँ बालीमा डोजर लगाएका छन् ।

रौतहट जिल्लाको मौलपुर गाउँमा फागुन २७ गते महाशिवरात्रिको उपलक्ष्यमा ठूलो मेला लगाउनका लागि करिब पाँच विघामा लगाइएको गहुँ नष्ट गर्न लगाइएको हो ।

एक स्थानीय पत्रकारका अनुसार मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली लगाउन दिएका थिएनन् । ती पत्रकारले भने, ‘उनले किसानहरुलाई जमिन खाली राख्न लगाएका थिए र जसले जबर्जस्ती बाली लगाए उसको खेतमा डोजर लगाएका छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेला उद्घाटन गराउने तयारीमा प्रभु साह लागेका छन् । सो मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको स्थानीयहरुले बताएका छन् ।

‘नष्ट भएको बालीको मुआब्जा दिने भनिएको छ । तर त्यो मुआब्जाप्रति किसानहरू सन्तुष्ट छैनन्’ त्यहाँका किसानहरु भन्छन्, ‘एक क’ट्ठामा चारदेखि पाँच मनको हिसाबले उत्पादन हुन्थ्यो तर क’ठ्ठाको पच्चिस रुपैयाँ दिने भनेका छन्, हामीलाई निकै मर्का भएको छ । यत्रो मेहनतका साथ खेती लगाएका थियौं तर एउटा मेला लगाउनका लागि बालीमा डोजर लगाएर हामीमाथि अन्याय गरियो ।’

स्थानीय किसानहरुका अनुसार मेला लगाउनका लागि अरु पनि जग्गाहरु खाली राखिएको छ । तर त्यहाँ मेला नलगाई खेती लगाइएको ठाउँमा आएर डोजर लगाइएको किसानहरुले गुनासो गरे ।

Source: saantibot

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x