अनलाइन प्रयोगकर्ताको संख्या ४ लाख ४५ हजार पुग्यो, कुन ब्रोकरमा कति ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बिहीबार (फागुन २० गते) को तथ्यांक अनुसार अनलाइन सेयर कारोबार प्रणालीमा आवद्ध हुने लगानीकर्ताको संख्या कुल ४ लाख ४५ हजार ३५३ पुगेको छ । यसमध्ये २ लाख २२ हजार ५६९ जना सक्रिय अनलाइन प्रयोगकर्ता रहेका छन् । यस्तै, ब्रोकरमार्फ कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या ५ लाख ९४ हजार ८७९ पुगेको छ ।
अनलाइनको युजर नेम र पासवर्ड लिएर कारोबार गर्नेमा सबैभन्दा धेरै संख्या नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) मा रहेको छ । यस कम्पनीबाट ४१ हजार ९०२ जनाले अनलाइन लगइन लिएको तथ्यांक छ । जसमध्ये २१ हजार १८५ जना सक्रिय प्रयोगकर्ता रहेका छन् । यस्तै, सनि सेक्युरिटीजबाट २७ हजार ६६९ जनाले अनलाइन प्रयोग गरेका छन् ।

Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x