हलमा नआउँदै विवादित बन्यो आलियाको ‘गंगूबाई काठियावाडी’

मुम्बई– बलिउड निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीलाई ‘विवाद’ शब्द कति प्रिय लाग्छ भन्ने कुरा उनको पृष्ठभूमिबाटै थाहा हुन्छ । उनले आफ्नो करियरमा धेरै गम्भीर समस्या भोगे ।

उनले सुटिङ गरिरहेका फिल्म हुन् या रिलिजको तयारीमा रहेका फिल्म हुन्, अधिकांश फिल्म विवादमुक्त हुन सकेनन् । विगतमा केही निश्चित समूहले उनको फिल्म ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ प्रति आपत्ति जनाए ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार सञ्जय अहिले यस्तै अर्को विवादमा तानिएका छन् । उनको फिल्म ‘गंगुबाई काठियावाडी’लाई लिएर कमथीपुराका बासिन्दाहरु आन्दोलित भएका छन् ।

यो फिल्ममा आलिया भट्ट प्रमुख भूमिकामा छिन् । कोठी सञ्चालिका गंगुबाईको कथामा आधारित फिल्मले आफ्नो क्षेत्रलाई मुम्बईको प्रख्यात रेडलाइट एरियाका रुपमा चित्रण गरेको भन्दै कमथीपुराका बासिन्दा आन्दोलित भएका हुन् । उनीहरुले फिल्ममा देखाइएको दृश्यले आफ्नो क्षेत्रलाई ‘लज्जित’ बनाएको दाबी गरेका छन् ।

‘आलिया भट्टको अभिनय रहेको र सञ्जय लीला भन्सालीले निर्देशन गरेको फिल्म ‘गंगुबाई काठियावाडी’ले दुई सय वर्षको इतिहास बोकेको कमथीपुरालाई दुरुपयोग गरेको छ । यो स्थानलाई मुम्बईको रेडलाइट एरियाको रुपमा देखाउनु आफैंमा लज्जास्पद विषय हो’, कमथीपुराका बासिन्दाद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

विज्ञप्तीमा निकै लामो प्रयासपछि स्थानीयले कमथीपुराको बेग्लै पहिचान बनाएको स्मरण गर्दै सञ्जयको फिल्मले त्यो पहिचानमाथि बज्रपात गरेको उल्लेख गरिएको छ ।

स्थानीयका अनुसार कमथीपुराका बासिन्दाहरु अहिले शान्त अवस्थामा छैनन् । उनीहरुले फिल्मको रिलिजविरुद्ध चाँडै नै आन्दोलनको तयारी गरिरहेका छन् । यसका लागि उनीहरुले विभिन्न व्यक्तिलाई भेटेर यो विषयमा उजुरी नै गरेका छन् ।

केही साता अघि मात्र भन्सालीको जन्मदिनमा फिल्मको टिजर रिलिज गरिएको थियो । फिल्मको टिजरमा आलियाले बोलेको संवाद निकै लोकप्रिय बनेको थियो ।

Source: khabarhub

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x