सेयर बजार फेरि किन भयो तलमाथि?

काठमाडौं : सेयर बजारमा आइतबार फेरि गिरावट आएको छ । गत बिहीबार बजारमा करिब ९० अंकको वृद्धि देखिएको थियो । तर आइतबार बजार सूचक फेरि तल झरेको छ । बिहीबार हिंसात्मक राजनीतिमा उत्रिएको नेकपा विप्लप समूह शान्तिपूर्ण राजनीतिमा आएको खुशीयालीमा बजारले निकै सकारात्मक प्रतिकृया दिएको थियो । यो राजनीतिक खबरले आम लगानीकर्ता निकै उत्साहित भएका थिए ।

सेयर बजारमा ठूला र महत्वपूर्ण राजनीतिक खबरले पनि सीधा प्रभाव पार्ने गर्छ । तर सधैंभरि राजनीतिले मात्र भने सेयर बजारलाई डोर्याउन सक्दैन । राजनीतिक खबरसँगै बजारमा सेयर भाउ पनि सस्तो हुँदै जाँदा ट्रेडरहरुले खरिद गरेको अनुमान गरिएको थियो । तर आइतबार बजारमा एकाएक उक्त रौनकतामा केही कम भएको छ ।

मुलुकको राजनीतिले अझै निश्चित गति लिइसकेको छैन । आइतबारबाटै संसद बैठक बस्दैछ । नयाँ सरकार बन्ने वा ओली नेतृत्वकै वर्तमान सरकारले निरन्तरता पाउने भन्ने कुनै टुंगो लागेको छैन । यसले गर्दा पनि राजनीतिक अवस्था केही अन्योलग्रस्त नै रहेको देखिन्छ । यस कारण पनि कतिपय लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्था रहनुलाई अन्यथा लिन सकिंदैन ।
राजनीतिका साथमा अन्य केही हल्लाको पनि सेयर बजारमा प्रभाव परिरहेको छ । चैत लागेपछि ब्याजदर बढ्ने हल्लाले पनि केही काम गरेको छ । यस्तै, नेप्से दोब्बर अंकले वृद्धि भएपछि कतिपयले नाफा बुक गरेका र उनीहरु फेरि प्रवेश गर्ने उपयुक्त समय खोजिरहेको पनि अनुमान गरिएको छ । यसले पनि बजार केही संकुचित हुन सहयोग पुर्याएको देखिन्छ ।

पछिल्लो केही समयदेखि बजारले निश्चित गति समाउन सकेको छैन । यसकारण पनि केही लगानीकर्ता ‘पर्ख र हेर’कै अवस्थामा रहेका हुन् । सेयर बजार तलमाथि गरिरहन्छ । कहिलेकाँही बजार साइडवेज भएर पनि बस्छ । यो सबै बजारको स्वभाविक प्रक्रिया भित्रैपर्छ । यसर्थ, आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्नुपर्छ ।

Source: nepalipaisa
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x