पाथिभरा माताले हामीसबैको रक्षा गरुन ,आज मिति २०७७ फागुन २४ गते, सोमवारको राशिफल पढौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम विग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । शेयर बजारको क्षेत्रमा रूची बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । आँटेको काम पुरा हुनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्यले विभिन्न अवसर जुराउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

 

 

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x