झरना थापाको निर्देशनमा बनेको फिल्म ए मेरो हजुर ४ प्रदर्शन हुँदै

झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन हुँदैछ। निर्देशक तथा अभिनेत्री झरनाले यस विषयमा सोमबार आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी हुन्।

फेसबुकमा फिल्मको पोस्टर सेयर गर्दै उनले लेखेकी छन्, ‘१११औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना। हाम्रो चलचित्र ‘ए मेरो हजुर ४’ भाद्र १८ (२०७८) मा प्रदर्शन हुँदैछ। सदाझैं हजुरहरूको साथ र सहयोगको अपेक्षा राख्छु।’

फिल्ममा अभिनेता अनमोल के.सी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा छन्। उनीहरूसँगै अभिनेता सलोन बस्नेतको अभिनय देख्न सकिन्छ। सुनिल कुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो। यसमा झरना थापा र छेतेन गुरूङको कथा छ।

Source: setopati

 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x