माधव नेपाल पक्षका सांसद भन्छन्- आजको बैठकमा ओलीको निर्देशन पालना गर्छौं

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधि सभा बैठकमा केपी शर्मा ओलीले दिने निर्देशन पालना गरेर अघि बढ्ने बताएका छन्।सर्वोच्च अदालतले नेकपा एकीकरण खारेज गरेर साविकको एमाले र माओवादी कायम गरे पनि फागुन २३ गते बसेको प्रतिनिधि सभा बैठक माधव नेपाल पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।

आजको बैठकमा भने नेपाल पक्षका सांसदहरूले अब एमाले संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीको निर्देशन पालना गर्ने जनाएका छन्।संसदीय दलका नेता केपी ओलीको निर्देशन हामी पालना गर्छौं’, पोखरेलले भने, ‘अब हामी नेकपा एमाले भयौं। विधिवत् दलको नेता केपी केपी ओली हुनुहुन्छ। उहाँबाट निर्देशन आउँछ, त्यहीअनुसार हामी एमालेका सबै सांसद अघि बढ्नु पर्ने हाम्रो कानुनी र सम्पूर्ण हिसाबको दायित्व हो।’

प्रतिनिधि सभा बैठक  आज दिउँसो १ बजे बस्दैछ।

Source: setopati

Facebook Comments Box
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

Pokhara

पोखरा ताल

Annapurna

अन्नपूर्ण हिमालय

Lumbini

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x