नक्कली नोट बनाउने समान सहित २५ वर्षीय एक युवक पक्राउ

काठमाडौंः नक्कली नोट बनाउने सामाग्री सहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले कृष्णपुर नगरपालिका-९ पिपरीया बस्ने २५ वर्षीय सञ्जय रानालाई पक्राउ गरेको हो। रानाको साथबाट प्रहरीले १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान समेत बरामद गरेको जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Source: pahilopost

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x