नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ।
बैंकले नागरिक लगानी कोषमा ५० हजार कित्ता र नेशनल लाइफको २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि आज (चैत १ गते) देखि ६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
नागरिक लगानी कोष (CIT) को संस्थापक शेयरको मूल्य १ हजार ५०४ रुपैयाँ तोकिएको छ भने नेशनल लाइफ इन्स्योरेन्सको ४०४ रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

नागरिक लगानी कोषको शेयर खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरुले आवेदन दिन सक्नेछन् भने नेशनल लाइफ (NLICL) को हकमा प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले आवेदन दिने सक्नेछन्।
सो शेयर खरिदका लागि बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय, ट्रेड टावर, थापाथली काठमाडौँ, तथा विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र विरेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सकिनेछ।

Sourve: merolagani

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

♡ सुन्दर नेपाल सबै ...

पोखरा ताल

अन्नपूर्ण हिमालय

लुम्बिनी


0
Would love your thoughts, please comment.x
()
x